गिरिजाप्रसाद कोइरालाको १००औँ जन्म शताब्दी मनाइँदै

होस्ट खबर १९ असार २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदै छ । सो अवसरमा कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र बहस कार्यक्रम गर्दै छ ।

कार्यक्रमको पहिलो शेसन फोटो प्रदर्शनी हुने बताइएको छ । कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी फोटो प्रदर्शनीमा राखिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार कोइरालालाई विमर्शको केन्द्रमा राखेर तीन शीर्षकमा बहस कार्यक्रम समेत हुनेछ ।

‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रूपमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली रहने छन् ।

बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ । उक्त बहसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्नेछन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्