तापक्रममा ‘रेकर्ड ब्रेक’: नेपालगञ्जमा ४४.२ डिग्री मापन

होस्ट खबर १८ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : नेपालगञ्जमा यस वर्षकै अधिक तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम मापन हुँदा त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो ।

यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । बिहिबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ । काठमाडौं र पोखरामासमेत तापक्रम बढिरहेको छ । पोखरामा ३४ र काठमाडौंमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्