सुर्खेत रातानाङ्ग्लामा जीप दुर्घटना हुदा ४ जनाको मृत्यु, दुई घाइते

होस्ट खबर १७ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान करिव ३ः४५ बजेको समयमा सुर्खेतबाट कालिकोट जादै गरेको बोलेरो जीप सुर्खेत-दैलेख सडक खण्ड अन्तर्गत वीरेन्द्रनगर-१४ स्थित रातानाङलामा दुर्घटना भएको हो ।

भे १ च २५६० नम्बरको जीपमा सवार ६ जना मध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको परिचय खुलेको छैन । दुर्घटनामा परी चालक र एक यात्रु गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र विर विश्वकर्माले जानकारी दिए । उनका अनुसार जीप सडकभन्दा झण्डै तीन सय मिटर तल खसेको छ, भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्