मधेश र कर्णाली प्रदेशको पूर्वाधार विकासका लागि एक अर्ब ५० करोड

होस्ट खबर १६ जेष्ठ २०८१, बुधबार
1 Min Read
Aa

सुर्खेत : अर्थमन्त्री वर्षमान पुनले मधेश र कर्णाली प्रदेश विकासका लागि एक अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको बताएका छन्। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पुनले यस्तो बताए।

स्थानीय सडक पुल निर्माणका लागि चार अर्ब २७ करोड विनियोजन गरिएको उनले बताए।

तराई मधेसको सिमान्तकृत तथा पिछडिएको क्षेत्रको आर्थिक सामाजिक विकास र सशक्तिकरणका लागि तराई मधेस समृद्धि कार्यक्रम कार्यान्वयन गरिनेछ।

यसका लागि सरकारले एक अर्ब छुट्याएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्