कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

होस्ट खबर ९ जेष्ठ २०८१, बुधबार
1 Min Read
Aa

धनुषा : नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर धनुषा ल्याएपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको हो ।

धनुषा जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धानका लागि मंगलबार कान्तिपुरको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेर बिपी राजमार्ग हुँदै बुधबार बिहान धनुषा ल्याएको हो ।

कान्तिपुर कार्यालयमा पुगेर उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोलीले सिरोहियालाई नियन्त्रणमा लिएका थिए ।

सिरोहिया पक्राउ परेको विरोधमा बुधबार बिहान रातिदेखि नै धनुषामा प्रदर्शन भइरहेको छ । सिरोहिया पक्राउ परेकोप्रति नेपाल पत्रकार महासंघ र मिडिया संवद्ध निकायले विरोध गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्