सुर्खेत कपासे मिनिबस दुर्घटना: दुईजना मृतकको पहिचान खुल्यो

होस्ट खबर ७ जेष्ठ २०८१, सोमबार
1 Min Read
Aa

 सुर्खेत : वीरेन्द्रनगरमा सोमबार दिउँसो भएको मिनी बस दुर्घटनामा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खड्काका अनुसार मृत्यु हुनेहरूमा डुंगेश्वर गाउँपालिका –६ दैलेखका २२ वर्षीय भिमसेन राना र भुरीगाउँ बर्दियाका ७० वर्षीय शेर बहादुर खड्का रहेका छन्। दुवैको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परि घाइते हुनेहरूको संख्या २१ रहेको छ। घटन लगत्तै घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको थियो। घाइतेहरू मध्य १९ जनाको कर्णाली केयर ईन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ। अन्य दुई जनाको सुर्खेत र प्रदेश अस्पतालमा उपचार जारी छ। घाइतेहरू मध्य एक जनाको अवस्था भने गम्भीर रहेको एसपी खड्काले जानकारी दिए।

दैलेखको दुल्लु नगरपालिकाबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस वीरेन्द्रनगर –१४ स्थित कटकुवा नजिकै सोमबार साढे १ बजेतिर दुर्घटना भएको थियो।

ओरालो सडक र मोडमा गति नियन्त्रण हुन नसक्दा  दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको कर्णाली प्रदेशका ट्राफिक प्रमुख राम प्रकाश शाहले बताए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्