प्रतिष्ठान र बागीनाको नृत्य प्रशिक्षणमा मुख्यमन्त्री कँडेलले भने : प्रतिष्ठान स्थापना हुन्छ

होस्ट खबर ३ जेष्ठ २०८१, बिहीबार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेंलले कर्णालीको कला संस्कृतिको समुचित बिकासमा सबैको योगदान महत्वपूर्ण हुने बताएका छन् ।

सुर्खेतमा पहिलोपटक आयोजना गरिएको लोक तथा शास्त्रीय नृत्य प्रशिक्षण समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले प्रशिक्षणमा सहभागी विद्यार्थीलाई हौसला दिदैं कला संस्कृति संरक्षण र अध्ययनलाइ सङ्गै लैजान आग्रह गरे ।

 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा बागीना समूहको ब्यवस्थापनमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कंडेलले कर्णालीको कला संस्कृतिमा लागिपरेका प्रेमदेव गिरी, कुलमान नेपाली, टीका पुन लगायत बागीना समूहको प्रशंसा गर्दै केन्द्र सरकारको प्रतिष्ठान जस्तै कर्णालीमा पनि एउटा संस्था उपहार स्वरुप दिने गरि पहल गर्ने बताए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् बरिस्ठ लोक गायिका टीका पुनले यस्तो कार्यक्रम कर्णालीमैं पहिलो पटक आयोजना गर्न पाउनु सबैका लागि खुशीको कुरा भएको बताइन् । आगामी दिनमा पनि बागीना समूहको सहकार्यमा यश किसिमको कार्यक्रम आयोजना गरिने उनको भनाइ छ ।

बागीना समूहका उपाध्यक्ष गणेश बस्नेत, नृत्य बिभाग प्रमुख खिम बस्याल, सह-सचिव प्रकाश शाही लगायत ३ दिने नृत्य प्रशिक्षण लिने विभिन्न विद्यालयका विद्यार्थीहरुलाइ प्रशंसापत्र प्रदान गरियो ।

शास्त्रीय नृत्य प्रशिक्षक भुवनदास श्रेष्ठ , प्रतिष्ठानको नृत्य बिभाग प्रमुख बखतबहादुर हमाल र बागीना समूहका सल्लाहकार तथा बरिस्ठ नृत्य निर्देशक द्वय कुलमान नेपाली र याम गुरुङ्गले विभिन्न नृत्यको प्रशिक्षण दिएका थिए । कार्यक्रमम बरीष्ठ संगीतकार गङ्गा केसी, बरिस्ठ कलाकार प्रेमदेव गिरी, खम्बराज गिरी, बागीनाका अध्यक्ष डिलबहादुर गुरुङ्ग लगायतले कलाका बारेमा आफ्नो धारणा राखे ।

यो प्रशिक्षण आँफुहरु जस्तै विद्यार्थी का लागि निकै उपयोगी भएको प्रशिक्षार्थी चिल्ड्रेन प्याराडाइजका प्रकृति रावतले बताइन् । प्रशिक्षणमा सुर्खेतका अधिकांश सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको बागीनाका नृत्य बिभाग प्रमुख खिम बस्यालले जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array