लामिछानेलाई विश्वकप खेल्न पठाउने तयारी सुरु, एक जना खेलाडीलाई फिर्ता बोलाइने

होस्ट खबर ३ जेष्ठ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गरेसँगै स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको छ ।

आईसीसीको नियमअनुसार विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।

नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्नेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्