नर्सिङ दिवसका अवसरमा डाक्टर उपाधि पाएका २८ जना नर्सहरु सम्मानित

होस्ट खबर ३१ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं : नर्सिङ दिवसका अवसरमा डाक्टर उपाधी पाएका २८ जना नर्सहरु सम्मानित भएका छन्।

नेपाल नर्सिङ संघले आयोजना गरेको कार्यक्रममा नर्सिङ विषयमा विद्यावारिधि गरेका २८ जना नर्सलाई सम्मान गरिएको हो।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजना गरिएको दुई दिने १४ औँ राष्ट्रिय नर्सिङ सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई सम्मान गरेका हुन्।

नर्सिङ विषयमा विद्यावारिधि गर्नेहरुमा डा सरला श्रेष्ठ, डा सरला जोशी , डा तारा शाह, डा नर्वदा थापा, डा अर्चना पाण्डे, डा मुना शर्मा, डा रोजी श्रेष्ठ, डा कल्पना पौडेल, डा कल्पना पौडेल शर्मा, डा तुमला श्रेष्ठ, डा रेखा तिमल्सेना, डा विमला पन्थी र डा लक्ष्मी तामाङलाई सम्मान गरिएको हो।

त्यसैगरी लक्ष्मी ठाकुर, डा सरस्वती शर्मा, डा सुशीला भण्डारी, डा कुन्ता पुन, डा शर्मिला श्रेष्ठ, डा सम्झना सुवेदी, डा रिना श्रेष्ठ, डा साबित्री सापकोटा, डा सितल गौतम, डा सुशीला पौडेल, डा देवका आचार्य सम्मानित भएका छन्।

नेपालमा सन् २०१२ देखि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम०ले नर्सिङ विषयमा विद्यावारिधि सुरु गरेको थियो। सन् २०१२देखि हालसम्मको १२ वर्षमा २८ जना नर्सहरुले पीएचडी पुरा गरेका छन्।

कार्यक्रममा संघका सदस्य एवं म्यानमारका लागि पूर्वराजदूत गुणलक्ष्मी श्रेष्ठ र विशेष सचिव बनेकी विजया केसीलाई समेत सम्मान गरिएको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्