डा. गोविन्द केसीले सुरु गरे २२औं अनशन, प्रधानमन्त्रीको राजीनामा पहिलो माग

होस्ट खबर ३० बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं : डाक्टर गोविन्द केसीले २२औं अनशन सुरु गरेका छन् । पशुपतिनाथ मृगस्थलीबाट ४ बजेबाट केसीले आफ्नो २२औं अनशन गरेका हुन् । उनले अघि सारेका मागमा सशस्त्र द्वन्दकालका पीडितलाई न्याय र पीडक प्रचण्डको तत्काल राजीनामाको मागसमेत समावेश गरिएको छ ।

यस्तै, सबै नेपालीलाई निःशुल्क औषधि तथा उपचारको व्यवस्था गरिनुपर्ने, जनताको नाममा डाक्टर केसीसँग सम्झौता भएअनुरूप गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालनमा ल्याउनुपर्नेमा माग समावेश गरिएको छ । यस्तै, कार्की आयोगले दोषी ठहर गरेको ब्यक्तिहरुलाई कारवाही गरिनुपर्ने पनि केसीको माग छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्