श्री एयलाइन्सले सुर्खेत–काठमाण्डौं दोस्रो उडान सुरु गर्दै

होस्ट खबर २० बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

सुर्खेत : श्री एयलाइन्सले सुर्खेतमा वैशाख २४ गतेबाट दैनिक दुई उडान भर्ने भएको छ । श्री एअरले एक सूचना जारी गर्दै हाल विहान मात्रै भर्दै आएको उडान दिउँसो पनि गर्ने जानकारी दिएको हो ।

हाल सुर्खेत–काठमाण्डौं दैनिक एक उडान भर्दै आएकोमा अब थप गरेपछि हवाई टिकट सस्तो पर्ने अनुमान छ । श्रीएयरले बुद्धको एकाधिकार तोडेसंगै सुर्खेतमा टिकट दर सस्तो भएको थियो । हाल बुद्ध एयरले दैनिक दुई उडान भर्दै आएको छ । तर श्री एअरको दिउँसो उडान नभएको बेला उक्त एअरले भाडा बढाईरहेको हुन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array