मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस

होस्ट खबर ८ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का नाम सिफारिस गरिएको छ । गौतम त्रिवि योजना महाशाखाका प्रमुख, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् ।

उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

उपकुलपतिमा १० जनाले आवेदन दिएका थिए । कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा विज्ञहरुबाट प्रतिस्पर्धीको मूल्यांकन गरी सिफारिस गरेको हो ।

शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल समिति सदस्य थिए । सिंहको कार्यकाल सकिएपछि मध्यपश्चिम विश्वविधालय उपकुलपतिविहीन छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array