पत्रकार महासंघ सुर्खेतको १२ औं महाधिवेशन सम्पन्न

होस्ट खबर ८ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

सुर्खेत : नेपाल पत्रकार महासंघ सुर्खेतको १२ औं साधारणसभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द परियारको प्रमुख आतिथ्यता र महासंघ सुर्खेतका अध्यक्ष ललित बस्यालको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनका अवसरमा प्रदेश प्रमुख परियारले महासंघ सवैको आस्थाको केन्द्र भएकाले सवै जनताको भावना तथा आशा समेट्ने विश्वास लिएको बताए । राष्ट्रको सच्चा सेवक पत्रकार नै भएकाले जनताको त्याग बलिदानबाट अहिलेको ब्यवस्था आएकाले यसका विरुद्ध लाग्नेहरुलाई खवरदारी गर्न पत्राचारको भूमिका महत्त्वपूर्ण हुने बताए ।

त्यस्तै वीरेन्द्रनगरका उप-प्रमुख नीलकण्ठ खनालले संघीयतामा नै पत्रकारका हक अधिकारका कुरा राज्यको चौथो अङ्गलाई सुनिश्चित हुने बताए । उनले संघीयताको विकल्प अर्को हुन नसक्ने भएकाले यसको संस्थागत विकासका लागि कमीकमजोरी औंल्याएर खवरदारी गरिदिन आग्रह गरे ।

महाधिवेशनमा विभिन्न संचार माध्यममा कार्यरत ६ जना पत्रकारलाई पुरस्कृत र केही संघ-संस्थालाई सम्मानित गरिएको छ । महाधिवेशनमा वर्ष पत्रकारिता पुरस्कार २०८० बाट कान्तिपुर टिभीका कमल पन्त, शान्ति तथा बर्ष पुरस्कारबाट आकाश तारा बयक र मीनबहादुर रावल, खानेपानी तथा सरसफाइ पुरस्कार बाट शेरबहादुर थापा र चन्द्रा कंडेल, नन्दु गेलाङ्ग स्मृती पुरस्कारबाट रेडियो भेरीका डीलु रावल, युवा पत्रकारिता पुरस्कारबाट नवीन सुवेदी र क्रियाशिल पत्रकारिता पुरस्कारबाट ओमबहादुर शाहीलाई पुरस्कृत गरेको छ ।

त्यस्तै, महासंघलाई विभिन्न समयमा संस्थागत सहयोग गर्ने सुर्खेत काँक्रेविहार यातायात प्रा।लि। का रमेश सापकोटा, सुर्खेत उद्योग वाणिज्य महासंघ को वाणिज्य बिभाग लगायत विभिन्न संघ-संस्थालाई सम्मानित गरेको छ ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्मा, पुर्व अध्यक्ष श्रीधर पौड्याल र पत्रकारका विभिन्न छाता संगठनका प्रतिनिधि समेत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array