आजदेखि २०८१ साल शुरु, हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै

होस्ट खबर १ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

सुर्खेत : विक्रम संवत अनुसार आजबाट नयाँ वर्ष २०८१ शुरु भएको छ । विक्रम संवतको पात्रोअनुसार हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा मनाइन्छ। आजको दिन साथीभाई, आफन्त र इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्दै रमाइलो गरी नयाँ बर्ष मनाउने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्सङ्कल्प गर्ने पनि गर्दछन् ।

नयाँ बर्ष आरम्भका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति पनि भनिन्छ । नयाँ वर्षका अवसरमा देशका विभिन्न ठाउँमा मेला लागेको छ । विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो ।

१२ औँ शताब्दीमा भारतको गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम संवतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारमा सुन्न पाईन्स । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।

नयाँ वर्षमा विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोस र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array