चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित

होस्ट खबर १९ चैत्र २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं : चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ । आइतबार राति भएको खेलमा साबिक विजेता चेन्नईले १९२ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७१ रन मात्र बनाउन सक्यो ।

पहिला ब्याटिङ गरेको दिल्लीका लागि डेविड वार्नर र कप्तान ऋषभ पन्तले अर्धशतक बनाए। ओपनर डेविड वार्नरले सर्वाधिक ५२ रन बनाए। ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए। पृथ्वी साह ४३ र मिचेल मार्स १८ रनमा आउट हुँदा अक्षर पटेल ७ रनमा अविजित रहे।

यसअघि डेविड वार्नर र ऋषभ पन्तको अर्धशतकीय पारीको मद्दतले दिल्लीले ५ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । वार्नरले ५२ रन तथा कप्तान पन्तले ५१ रन बनाए ।

ओपनर पृथ्वी शले ४३ रन तथा मिचेल मार्सले १८ रनको योगदान दिए । चेन्नईका लागि मथिसा पथिरानाले ३ तथा मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले १–१ विकेट लिएका थिए । चेन्नईका लागि अजिंक्य रहाणे सर्वाधिक ४५ रन जोडे। डेरिल मिचेल ३४ र शिवम दुबे १८ रनमा आउट भए भने समीर रिजवी शून्यमा समेटिए।

चेन्नईका लागि महेन्द्र सिंह ध्वनी र रविन्द्र जडेजाले सम्हालिएर प्रदर्शन गरे पनि जितका लागि त्यो पर्याप्त भएन। ध्वनीले नटआउट ३७ रन जोड्दा जडेजाले नटआउट २१ रन बनाए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array