होलीको दिन कर्णालीमा हाम फालेका शाहीको शव ४ दिनपछि फेला

होस्ट खबर १५ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं : कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका( ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । चार दिनदेखि बेपत्ता रहेका शाहीको शव बिहीवार टीकापुरको सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवत्ता लभ शाहीले बताए ।

सोमबार दिउँसो कर्णाली पुलबाट १७ जना युवाले पालैपालो नदीमा हाम फालेका थिए । जोसमा नदिमा हाम फालेका १७ जना मध्ये १६ जना बल्लतल्ल बाँचेर नदीबाट निस्किएका थिए तर ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए । बेपत्ता लोकेन्द्रको शव ४ दिनपछि भेटिएको हो । लोकेन्द्रसँगै नदीमा हाम फालेका केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array