कर्णाली पुलबाट हाम फालेका शाही अझै भेटिएनन्: खोजि कार्य जारी

होस्ट खबर १३ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं : कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकैसाथ हाम फालेका १७ जनामध्ये एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्दै आएका ३० वर्षीय लोकेन्द्र शाही रहेका छन् ।

इलाका प्रहरी कार्यालय चिसापानीका एक प्रहरी अधिकृतका अनुसार आज अपराह्न ४ बजेतिर एक समूहले कर्णाली नदीमा हाम फालेको थियो । उनीहरू ड्युटीमा रहेका प्रहरी जवानको आग्रहलाई अटेर गरेर पुलमा गएका थिए ।

उनीहरूले सुरुमा होली खेलेर त्यसपछि मदिरा सेवन गरेका थिए । पछि उनीहरू कर्णाली पुलमा जान खोज्दा प्रहरीले रोकेको थियो । तर, उनीहरूले आफूहरू पुलमा घुम्न आएको र फोटो खिच्न जान लागेको बताएर प्रहरीको आग्रहलाई अटेर थिए ।

‘उनीहरूले दिउँसो मदिरा सेवन गरे । त्यसपछि फोटो खिच्ने भनेर पुलमा गए । ड्युटीमा रहेका प्रहरीलाई पनि अटेर । अरू सबै बाहिर निस्किए । एकजना चाहिँ बाहिर निस्किएनन्,’ ती प्रहरी अधिकारीले भने ।
कैलाली प्रहरीका अनुसार बेपत्ता शाहीको खोजी कार्य जारी छ । सशस्त्र प्रहरी र स्थानीयको सहयोग उनको खोजी भइरहेको छ । मंगलबार बिहानै गोताखोर टिम परिचालन गरिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array