मोदीको कटु आलोचक दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

होस्ट खबर ९ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको छ । भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई कथित मदिरा घोटाला प्रकरणमा पक्राउ गरेको हो ।

दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनले पक्राउविरुद्ध पार्टी सर्वोच्च अदालत पुगेको जानकारी समेत गराएका छन् ।

ईडीको टोली बिहीबार साँझ ७ बजे १०औं समन र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो। दुई घन्टा सोधपुछपछि अनुसन्धान एजेन्सीले राति ९ बजे उनलाई नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

केजरीवाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक हुन् । लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण रूपमा हेरिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array