कोसी प्रदेश ट्रफी क्रिकेटको उपाधि भिडन्त आज, आर्मी र कर्णाली खेल्दै

होस्ट खबर ३ चैत्र २०८०, शनिबार
0 Min Read
Aa

काठमाडौं : कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दै छन् ।

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा हुने खेल आज मध्याह्न १२ बजेदेखि हुने तय भएको छ ।

सेमिफाइनलमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । त्यस्तै, कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array