ब्यावसाय गरिरहेको संरचना हट्ने भएपछि वीरेन्द्रनगरका ब्यावसायी आन्दोलित

होस्ट खबर २९ फाल्गुन २०८०, मंगलवार
2 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले नगरबिकास समितिको जग्गामा ब्यावसाय गरेर बसेका ब्यावसायिहरुलाई हटाउन ३५ दिने सुचना जारी गरेपछी त्यसको बिरुद्धमा आन्दोलित बनेका छन् । वीरेन्द्रनगरको मंगलगढीबाट र्याली निकाल्दै बिभिन्न स्थानमा पुगेका ब्यावसायीहरुले मंलगवार वीरेन्द्रनगर बन्दको घोषणा गरेका छन् ।

गोदामलाइन, हङकङ बजार, हटियालाइनमा भाडामा सरकारी जमिन प्रयोग गरी व्यापार गरिरहेकाहरुलाई हटाउने नगरपालिकाले लिएको हो । नगर विकास समितिको जमिनमा साना व्यवसायीहरुले सटर निर्माण गरेर त्यहाँ व्यापार गरिरहेका थिए ।  सम्झौता अनुसार जमिन उपभोग गरे वापत् ५ हजारदेखि २० हजार बढीसम्म भाडा तिर्छन्, उनीहरु । सटर निर्माणदेखि पसल सञ्चालन गर्न उक्त ठाउँमा प्रत्येक व्यवसायीहरुको करोड बराबरको लगानी छ भने १२५ जनाको गरी अर्बौँ लगानी भएको छ । यद्यपि ती क्षेत्रमा साना व्यवसायीहरु विकल्प नदिईएर नै आर्थिक मन्दीको बेलामा हटाउन खोजिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । गोदामलाईन, हङकङ बजार र हटिया लाइनमा विभिन्न १२५ पसलहरु छन् । त्यसमा ९५ प्रतिशत फेन्सी पसलहरु मात्रै छन् ।

नगर विकास समितिले भने सुरुमा गोदामलाइन, हटियालाइन र हङकङ बजारका साना फेन्सी व्यवसायीहरुलाई हटाई उक्त क्षेत्रमा पार्किङ, पार्क लगायतका संरचना बनाउने भन्दै संरचना भत्काउन खोजीरहेको छ । तर सकिरहेको थिएन ।  गोदामक्षेत्र, सालट्रेडिङ्गदेखी उत्तर एमाले पार्टी कार्यालयसम्म, पश्चिममा गंगामाला पाउरोटी उद्योगदेखी पूर्व उत्तर तर्फ घण्टाघरदेखी दक्षिण तर्फ मध्यपश्चिम विश्वविद्यालयदेखी पश्चिमतर्फका सम्पूर्ण अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचनाहरु हटाउने निर्णय उक्त सुचनामा भनिएको छ । नगर विकास समितिले भनेको समय फागुन २३ मा सकिएको छ । अहिलेसम्म नगरले त्यहाँ बल प्रयोग गर्न सकिरहेको छैन ।

बिज्ञप्तीमा कोरोनाले आक्रान्त ब्यावसायीहरुलाई आफैले भाडामा राख्ने र ति नियमित भाडा तिरेर बसेका ब्यावसायीलाई अतिक्रमित भनेर अपाराधी अपराधी बनाउन खोजिएको भन्दै बिरोध गरिएको छ । त्यहाँबाट कहीँ जानसक्ने अवस्थामा नरहेकोले दुई बर्षलाई सम्झौता म्याद थपिनदिन भन्दै आन्दोलनमा उत्रिएका छन् । आफुहरुलाई नगरले अतिक्रमणकारी भनेको भन्दै सनिबारदेखि सटर बन्द गरेर संघर्ष समिति गठन गरी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । ‘हामी जग्गा अतिक्रमणकारी होइनौँ, नगर विकास समितिले बसालेको हो, हरेक महिना भाडा तिरेका छौँ, राज्यलाई कर तिरका छौँ’ भन्ने नारासहित उनीहरुले तत्काल अन्त कहीँ जाने ठाउँ नभएको, नगरपालिकाले पनि विकल्प नदिएको भन्दै व्यवसायीहरुको उचित व्यवस्थापन गर्न माग गरिरहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्