काठमाडौँ : भारतको सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्न लागेका छन् । दुई जानको प्रि–वेडिङ सेरेमनी १ मार्चदेखि गुजरातको जामनगरमा सुरु हुनेछ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
विवाहमा बिल गेट्स, मार्क जकरबर्गजस्ता अन्तर्राष्ट्रिय हस्तीदेखि बलिउड सेलिब्रेटीहरुको जमघट हुनेछ । भारतीय मिडियाको रिपोर्टअनुसार अनन्त–राधिकाको विवाहमा करिब १ हजार करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यसअघि मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा ४ सय करोड भारु खर्च भएको थियो । ईशाले विवाहमा ९० करोड भारतीय रुपैयाँ बराबरको लहेङ्गा लगाएर विश्व कीर्तिमान नै बनाएकी थिइन् । जबकि बलिउड अभिनेत्री दीपिका पादुकोण र अनुस्का शर्माको विवाहको कूल खर्च ९०–९५ करोड भारु थियो ।
यसअघि प्रियंका चोपडाले निक जोनससँग विवाह गर्दा १५ करोड भारुको लुगा लगाएर सबैलाई चकित बनाएकी थिइन् । बलिउड महँगो विवाहका लागि चिनिन्छ । तर, बलिउडका शीर्ष पाँच विवाहमा लागेको खर्च बराबर अम्बानीले एउटै विवाहमा खर्च गर्ने भएका छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्