रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

होस्ट खबर १४ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : नेपाली गीतसङ्गीत क्षेत्रका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि मेडिसीटी अस्पताल पुर्याइएको थियो । तर, लगत्तै चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।

भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । भजन शिरोमणिको उपनामले पनि परिचित उनी वि।सं। १९९९ साल असोज १६ मा जन्मिएका थिए ।

नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।

उनका दुई छोराहरू सत्य र स्वरूपराज पनि गायक हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array