उच्च अदालतको अर्को आदेश नआउदासम्म तेस्रो कर्णाली एक्स्पो स्थगित

होस्ट खबर १४ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा सोमबारबाट सञ्चालन हुने भनिएको तेस्रो कर्णाली एक्सपो स्थगित भएको छ ।

निर्माणाधीन रंगशालाको उत्तरतर्फको मैदानमा सञ्चालन हुन लागेको महोत्सवको सबै तयारी पूरा भएको महोत्सव स्थगित भएको हो । आयोजक उद्योग वाणिज्य संघले आईतबार दिउँसो एक सूचना जारी गर्दै महोत्सव स्थगित भएको जनाएको छ ।

स्थगन भएको महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले गर्ने तयारी रहेको थिए ।

फागुन १२ गते उच्च अदालत सुर्खेतमा रिट परेपछि महोत्सव स्थगित गर्नुपरेको सुर्खेत उद्योग बाणिज्य संघका प्रवक्ता भद्र भण्डारीले बताएका छन् । भण्डारीले भने, ‘अदालतको भोलि हुने आदेश पछि नयाँ सुचना जारी गरेर मेला सञ्चालनका बारेमा जानकारी गराउने छौं ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array