सुर्खेत गोली काण्ड: हत्या गर्न दुई लाखमा भारतीय सुटरलाई सुपारी

होस्ट खबर १४ फाल्गुन २०८०, सोमबार
2 Min Read
Aa

सुर्खेत : शनिबार राति वीरेन्द्रगर सुर्खेतमा भएको गोली काण्डको विषयमा  प्रहरीले आफ्नो प्रारम्भिक अनुसन्धानको विवरण सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सुर्खेत प्रहरीले घटनाको बारेमा जानकारी गराएको हो ।

वीरेन्द्रनगरमा गएराती विनोद गिरीमाथि गोली प्रहार भएको थियो । प्रहरीले घटनामा संलग्न भएका चार जनालाई सार्वजनिक समेत गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने १८ वर्षीय ईन्द्र विक, १८ वर्षीय भरत भुल, भारतीय सुटर, भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्जजोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपुत र वीरेन्द्रनगर नगरपालिकाका – १ का राजन गिरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुर्खेतका युवक गिरीलाई मार्नका लागि शंकित व्यक्तिले भारतीय सुटर रोहित राजपुतलाई २ लाख रुपैया दिने सहमति गरेका थिए । सोही सहमतीका आधारमा दुई लाख लिने प्रलोभनमा परी भारतीय सुटर सहित उनीहरु फागुन ७ गते विनोदको हत्या गर्ने उदेश्यले सुर्खेत पुगेर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको गणेश होटलमा बास बसे ।

भारतीय नागरिक राजपुत सुर्खेत पुगेपछि वीरेन्द्रनगर नगरपालिका–४ बस्ने बर्ष ३७ वर्षीय राजन गिरीले होटलमा बस्ने ब्यवस्था मिलाएका थिए । यस्तै, फागुन ९ गते ईन्द्र विक र भरत भुललाई नेपालगञ्जमा शंकित ब्यक्ति र एक जना अर्को (नामथाहा) नभएको ब्यक्तिले भे५प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पुर्वयोजना मुताविक नेपालगञ्जदेखि सुर्खेत पठाएको खुलेको छ । उनीहरु पनि आएर सोही गणेश होटलमा बास बसेको प्रहरीको भनाइ छ ।

यस्तै, ती शंकित ब्यक्तिले उनिहरु तीन जनाालाई (भारतीय नागरिक राजपुत, ईन्द्र विक र भरत भुल)लाई विनोद गिरीको घर ठेगाना लगायत सबै चिनाएका थिए । सोही योजना अनुसार फागुन १२ गते राती बिनोद गिरीको गाडीलाई मोटरसाइकलले पिछा गरी वीरेन्द्रनगर नगरपालिका–१ स्थित गैरीचोकमा गिरीमाथी १ राउण्ड गोली प्रहार गरेका थिए । गोली प्रहार भएपछि गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना समेत भएको प्रहरीले जनाएको छ ।

हत्या योजना बनाउने मार्नका लागि साढे तीन लाख रकम दिने शंकित व्यक्तीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्