शनिबार राति वीरेन्द्रनगरमा गोली चल्यो: कटुवा पेस्तोलसहित चार जना पक्राउ

होस्ट खबर १३ फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतमा शनिबार राति गोली चलेको छ । वीरेन्द्रनगर नगरपालिका -१ को गौरीटोलमा राति ९ बजेतिर गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरकै स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली हानिएको अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डफएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ ।

घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका उनले बताए । उनीहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले घटस्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनामा भारतीय सुटर पनि संलग्न छन् । दुवै पक्षले गोली चलाएको पनि प्रहरी स्रोतको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्