वीरेन्द्रनगर : सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
ताल सरसफाइका लागि समितिले रु दुई लाख बजेट छुट्याएको छ । त्यहीँ बजेटबाट समितिले काम थालेको हो ।
डुङ्गा चलाउन कागजी प्रक्रिया अन्तिम चरणमा रहेकाले एक साताभित्रै ताल सफा गरिसक्ने तथा लगत्तै डुङ्गा चलाउन सहज हुने वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिए ।
पाँच वर्षका लागि डुङ्गा चलाउन आवश्यक प्रक्रियागत काम अन्तिम चरणमा पुगेको र सम्भवतः फागुन दोस्रो सातादेखि डुङ्गा चलाइने उनले बताए ।
नगरप्रमुख ढकालले झार हटाउने कार्यले तालको संरक्षणसँगै यसको आकर्षण र महत्व बढ्ने बताए । उनले भने, “बुलबुले सुर्खेतको मुख्य चिनारी हो, यसको व्यवस्थित विकास गरेर ढुङ्गा सञ्चालन गछौँ ।” उनले बृहत् गुरुयोजना अनुसारका सबै संरचना निर्माण गरिने जानकारी दिए ।
साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एउटा हो । कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो ।
बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहने गरेको छ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्