नेपाल एयरलाइन्सको सुर्खेत–हुम्ला परीक्षण उडान

होस्ट खबर ३ फाल्गुन २०८०, बिहीबार
2 Min Read
Aa

हुम्ला : लामो प्रयासपछि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले फागुन ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परीक्षण उडान भर्ने भएको छ ।

नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामध्ये हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो । क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट फागुन ७ गतेबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले उडान भर्न लागेको हो । सो उडान नियमित उडान तालिका अनुसार हुने छ । उक्त दिन नेपालगन्जबाट सिमकोटका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजले सिमकोटबाट सुर्खेतका लागि परीक्षण उडान भर्ने छ भने सुर्खेतबाट पनि सिमकोटका लागि यात्रु उडान भर्ने तयारी गरिएको छ । उनले यो कर्णाली प्रदेशमा नेपाल एयरलाइन्सले कर्णालीदेखि कर्णाली कै जिल्लामा पहिलो पटक उडान भर्न लागेको बताए । उनले भने, “यसका लागि सबै तयारी पूरा भएको छ, परीक्षण उडान पछि भने नेपाल एयरलाइन्सले सुर्खेतबाटै कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि उडान भर्ने छ ।” नेपाल एयरलाइन्सको उक्त कार्यले कर्णालीका बासिन्दालाई आफ्ना प्रदेशमा हवाई यात्रा गर्न सहज हुने छ । यसका लागि कर्णाली प्रदेश सरकार र नेपाल एयरलाइन्सबिच केही समयअगाडिदेखि समन्वय हुँदै आएको थियो । गोरखापत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array