कपिलवस्तु बस दुर्घटना: मृतक १० जनामध्ये तीन जनाको सनाखत, २७ जना घाइतेको विवरण

होस्ट खबर ३ फाल्गुन २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौँ : कपिलवस्तुमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटना परी मृत्यु भएका १० जनामध्ये तीन जनाको सनाखत भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुलनजिकै गए राति करिब १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको यात्रु बस शिवराज नगरपालिका–१ स्थित सुरइ खोला दोबाटोमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले तीन जनाको सनाखत भएको जानकारी दिए । उनका अनुसार मृतकमध्ये रौतहट औराही- ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिँगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदावादका सकिल मुसलमानको सनाखत भइसकेको छ ।

घाइते हुनेमा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवलदार लोक बहादुर कार्की, बस चालक कञ्चनपुर भीमदत्त नगरपालिका ४ बस्ने वर्ष ४० का पूर्ण बहादुर चन्द, कैलाली वेलडाडी नगरपालिका- १ बस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गाउँपालिका–२ का वर्ष २३ का शुशिल कुँवर, गुल्मी मालिका गाउँपालिका– ७ बस्ने वर्ष २९ को अर्जुन कार्की, कञ्चनपुर भीमदत्त नगरपालिका–१८ बस्ने वर्ष २८ को सन्तोष चौधरी, सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका–१८ बस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेनौली नगरपालिका–१ बस्ने वर्ष २२ को राजेश दयाल, कञ्चनपुर भीमदत्त नगरपालिका– १ बस्ने वर्ष १८ को नितेश सुनार रहेका छन् ।

त्यस्तै गोरखा शहिद लखन गाउँपालिका–७ बस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर नगरपालिका–३ दार्चुला बस्ने वर्ष २४ को नपीन भट्ट, कञ्चनपुर भीमदत्त नगरपालिका–१४ बस्ने वर्ष ३३ की गीता कुँवर निजको छोरा वर्ष १२ को नवीन कुँवर, ओखलढुङ्गा झारपुर गाउँपालिका वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कन्चन्पुर शुक्ला फाटा नगरपालिका ११ बस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठमाडौँ महानगरपालिका– ३ बस्ने वर्ष ४१ को अनिल तन्डुकारको अहिले आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कञ्चनपुर भीमदत्त नगरपालिका १६ बस्ने वर्ष ५४ की नारायणी थापा सोही ठाउँ बस्ने १८ बस्ने वर्ष २८ को दीपेन्द्र बोहरा, कैलाली लम्किचुहा नगरपालिका–१ बस्ने वर्ष २७ की रेखा आचार्य, कञ्चनपुर भीमदत्त नगरपालिका–१८ बस्ने वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गापा ४ बस्ने वर्ष ३२ को गणेश काफ्ले, उनको श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनकी छोरी वर्ष ३ कि सृष्टि काफ्ले, भारत उत्तर प्रदेश मुद्राबास बस्ने वर्ष ३५ को मोहमद रिजन, सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गापा–२ बस्ने वर्ष २५ को कृष्ण नेपाली, कञ्चनपुर भीमदत्त नगरपालिका १९ बस्ने वर्ष २० को सुमन विष्ट, कञ्चनपुर भीमदत्त नगरपालिका –१ बस्ने वर्ष २० को मनोज सिह धामि सोही ठाउँ बस्ने वर्ष २० को अशोक सिंह, कञ्चनपुर भीमदत्त नगरपालिका-४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्