पूर्वराजा ज्ञानेन्द्र शाह चितवन, दुर्गा प्रसाईंको निम्ता ‘अस्वीकार’

होस्ट खबर २९ माघ २०८०, सोमबार
1 Min Read
Aa
चितवनको भरतपुर विमानस्थलमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई आइतबार स्वागत गरिँदै ।तस्बिरः सनद अधिकारी / रासस

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह चितवन भ्रमणमा पुगेका छन् । काठमाडौँमा फागुन १ देखि पूर्वराजालाई नै सहभागी गराएर आन्दोलनको उद्घाटन गर्ने दुर्गा प्रसाईंले योजना भएपनि त्यसलाई छल्दै पूर्वराजा चितवन पुगेका हुन् ।

उनी केही दिन चितवनमै बस्ने र  प्रसाईले निम्ता दिएपनि सहभागी नहुने पूर्वराजा निकट स्रोतले जानाएको छ ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा चितवनको विभिन्न स्थानको भ्रमणका सिलसिलामा गएको जानकारी दिए । उनले आकस्मिक नभई केही साताअघि नै चितवनको कार्यक्रम तय भएको जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्