बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य

होस्ट खबर १८ माघ २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।

बैठकले निर्धारण गरेको नयाँ मूल्य आज बिहान १ बजेदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल–मट्टितेलमा २ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array