एक घण्टा मुसहर बस्तीमा बिताएका पूर्वराजा चिया पिएर फर्किए

होस्ट खबर ७ माघ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : करिब दुई सातादेखि बाराको सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार जीतपुरसिमरा उपमहानगरपालिका–६ स्थित मुसहर बस्ती पुगेका छन्। शाह परिवारका सदस्यसहित बस्ती पुगेका हुन्। पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी छन् ।

प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेका थिए । पूर्व राजपरिवारभित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा मुसहर बस्ती पुगेका हुन्।

बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्व राजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका छन्। बस्तीमा एक घण्टा बिताएका उनिहरुले चिया समेत पिएर फर्किएका छन् । पूर्व राजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए ।

बस्तीमा २० वटा घर रहेका । सात धुर जमिनमा निर्माण भएको एउटा घर तीन कोठाको छ भने प्रत्येक घरलाई छुट्टै शौचालय र चापाकलको व्यवस्था गरिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्