काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन थालेका छन् । उनी धार्मिक प्रयोजनका लागि देश दौडाहमा दिएपछि उनको समर्थनमा जनसागर उर्लने गरेको छ । पछिल्लो पटक भक्तपुर, झापा हुँदै सर्लाही पुगेका पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा हजारौं मानिस स्वतस्फूर्त सडकमा आउन थालेका छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
सर्लाहीको बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वरनाथ महादेवको दर्शनका लागि पुगेका पूर्वराजालाई त्यहाँका स्थानीयहरुले भव्य स्वागत गरेका थिए । साथै, उद्योग बाणिज्य संघ बरहथवाले समेत पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेको थियो । त्यसैगरी विभिन्न धार्मिक संघरसंस्था र नागरिक समाजले उनको स्वागत गरेका थिए । मुक्तेश्वरनाथको दर्शन सकेर उनी वीरगञ्जतर्फ लागेका छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्