सन्दीप लामिछानेलाई आर्थिक संकट, क्यानलाई गरे विशेष आग्रह !

होस्ट खबर २८ पुष २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँग रोकिएको भुक्तानी फुकुवा गरिदिन आग्रह गरेका छन् । लामिछानेले आफू आर्थिक संकटमा परेको भन्दै क्यानसँग आफूले पाउनु पर्ने भुक्तानी फुकुवा गरिदिन आग्रह गरेका हुन् ।

जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा आठ वर्षको कैद सजायको फैसला भएपछि लामिछानेले क्यानलाई एक पत्र पठाएका छन् । सो पत्रमार्फत उनले राष्ट्रिय टीमबाट अलग भएको घोषणा समेत गरेका छन् ।

लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध आफू पुनरावेदन दिन माथिल्लो अदालतमा जान लागेको बारे पनि क्यानलाई जानकारी गराएको बताइएको छ । पत्रमार्फत लामिछानेले निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा समेत गरेका छन् ।

क्यानलाई लेखेको पत्रमा क्रिकेटर लामिछानेले भनेका छन्, ‘अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिमबाट म अलग्एिको छु । म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array