आजदेखी सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता हुदै

होस्ट खबर २० पुष २०८०, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा २५ वर्षपछि राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिले आज शुक्रबार पुस २० गतेदेखि २६ गतेसम्म राष्ट्रिय भलिबल प्रतियोगिता वीरेन्द्रनगरमा हुने जनाएको हो । ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ भने व्यवस्थापक कर्णाली प्रदेश भलिबल संघ रहेको संघका कर्णाली अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।

कर्णालीमा हुने खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुनेछ । खेलाडीहरुको आउने जाने, खाने बस्ने व्यवस्थापन संघले गर्ने जनाइएको छ । एक टिमबाट १५ जना गरेर १० टिमबाट कर्णालीमा १ सय ५० जना खेलाडीहरु आउनेछन् ।

प्रतियोगिता समापन गर्न ५६ लाख बढी रकम लाग्ने जनाइएको छ । सो मध्य प्रदेश सरकारले ४४ लाख रकम उपलब्ध गराउने भएको छ । यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्