धरानका पाँच दलले भने– हर्क साम्पाङ हिटलरको बाटोमा हिँड्न खोजेकै हुन त ?

होस्ट खबर १३ पुष २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : पाँचवटा राजनीतिक दलले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अराजकरूपमा प्रस्तुत भइरहेको आरोप लगाएका छन् ।

आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील पाँच राजनीतिक दलले साम्पाङ मेयर भएपछि निरन्तर अराजकतातर्फ लागेको बताएका हुन् ।

आज एक संयुक्त प्रेस विज्ञप्तिमार्फत नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी ९जसपा० र एकीकृत समाजवादीले धरानका मेयर साम्पाङले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणालीमाथि गम्भीर प्रहार गरेको बताएका छन् ।

साम्पाङको सामाजिक सञ्जालको प्रस्तुति र गतिविधिले निरङ्कुश र उदण्ड शैलीमार्फत हिटलरको बाटोमा हिँड्न खोजेकै हुन त रु भन्ने बहसलाई उजागर गरेको दलहरूको भनाइ छ ।

‘हामी धरान उपमहानगरपालिकाको नेतृत्वलाई सचेत गराउँदै संविधान र राष्ट्रप्रति सोही प्रक्रियाबाट निर्वाचित भएका प्रमुखले राष्ट्र प्रमुखर‍राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर यथास्थानमा राख्न हुन जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्