निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

होस्ट खबर ३० मंसिर २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं :  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । निगमले आज बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर रू ३.०७ र रू ३.१६ ले घटाएर निगमलाई पठाएको थियो । निगमका अनुसार समायोजन पश्चात् काठमाडौंमा अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ कायम भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्