काठमाण्डौं : फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे ९यूएसजीएस० ले जनाएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र अरु केही देशहरुमा पनि महसुस गरिएको छ ।
भूकम्पपछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको रोयर्टसले जनाएको छ । भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे जानकारी प्राप्त भएको छैन ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्