निगमले घटायो पेट्रोल र डिजेलको मुल्य

होस्ट खबर १५ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल र डिजेलर मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेलर मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको क्रमशः २ रुपैयाँ १२ पैसा र ४ रुपैयाँ ०९ पैसा घटेर आएको थियो ।

यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेर आएको भएपनि आमउपभोक्ताको हितलाई ध्यानमा राखेर यथावत राखिएको छ ।

मूल्य घटेसँगै काठमाडौँको हकमा पेट्रोलको मूल्य १७० रुपैयाँ कायम भएको छ भने डिजेल तथा मट्टितेल १६० रुपैयाँ कायम भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्