बाघको आक्रमणबाट बर्दियामा एकजना गम्भीर घाइते

होस्ट खबर १२ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेको प्रहरीको भनाइ छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको र घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । घाइते शर्माको ठेगाना थाहा हुन नसके पनि भारतीय नागरिक रहेको प्रहरी जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्