पूर्व राजा शाह आज झापा जाँदै, यस्तो छ तयारी

होस्ट खबर ८ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह आज झापा जादैछन्। उनी पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि झापा जान लागेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बिर्तामोडमा स्थापना गरेको सालिक अनावरणका लागि उनको भ्रमण तय भएको जनाईएको छ । पूर्व राजा शाहको भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै रहेका छन्।

पूर्व राजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ। भोलि धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागत र्‍याली सुरु हुनेछ। उक्त र्‍यालीमा उनी पनि सहभागी हुने कार्यक्रम छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्