अष्ट्रेलियालाई विश्वकपको उपाधि, भारत ६ विकेटले पराजित

होस्ट खबर ४ मंसिर २०८०, सोमबार
2 Min Read
Aa
DUBAI, UNITED ARAB EMIRATES - NOVEMBER 14: Aaron Finch of Australia lifts the ICC World T20 Trophy with teammates after the ICC Men's T20 World Cup final match between New Zealand and Australia at Dubai International Stadium on November 14, 2021 in Dubai, United Arab Emirates. (Photo by Alex Davidson/Getty Images)

काठमाण्डौं : अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप(२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार भारतले प्रस्तुत गरेको दुई सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले चार विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो । अष्ट्रेलियाको जीतमा ट्राभिस हेडले एक सय ३७ रनको शतकीय पारी खेले ।

उनलाई मार्नुस लबुसेनले साथ दिए । लबुसेनले अविजित ५८ रन बनाए । साथै मिचेल मार्सले १५ र डिभेड वार्नरले सात, स्टेभन स्मिथले चार र ग्लेन म्याक्सवेलले अविजित दुई रन बनाए । भारतका लागि जसप्रित बुमराहले दुई र मोहम्मद शामी र मोहम्मद सिराजले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको छ । उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए ।

साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौरनौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई÷दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एकरएक विकेट लिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्