नातेदारबाटै मुगुमा एकै परिवारको सामूहिक हत्या, १३ दिनपछि एक जना पक्राउ

होस्ट खबर २४ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार छायाँनाथ रारा नगरपालिका घर भई हाल बाँके कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ परेका हुन् । यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान छ र यसबारे अनुसन्धान गरिरहेको जनाएको छ । स्रोतकाठमाडौंका अनुसार गोरखबहादुर मृतकका नातेदार पर्छन् ।

कार्तिक ८ गते राति तीन बालबालिकासहित परिवारकै सामूहिक हत्याको सूचना प्रहरीले १० गते बिहान ९ बजेमात्र पाएको थियो । २८ वर्षीय श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहरको हत्या भएको हो । हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपित भागेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्