जाजरकोट भूकम्प: १५७ जनाको मृत्यु, २५३ जना घाइते

होस्ट खबर १९ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको संख्या एक सय ५७ जना पुगेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको मृत्यु भएको हो।

भूकम्पमा परी २ सय ५३ जना घाइते भएका छन्। जाजरकोटमा १ सय १२ जना र रुकुम पश्चिममा १ सय ३२ जना घाइते भएका हुन्। जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई रदुई जना घाइते भएका छन्।

सरकारले आज भूकम्प पीडितका लागि विशेष राहतको घोषणा गर्ने तयारी गरेको छ। त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्