सेनाको मेडिकल टिमसहित हेलिकप्टरमा छौं: सांसद राजिव बिक्रम शाह

होस्ट खबर १८ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका लागि सेनाको हेलिकप्टरमा आज बिहान प्रस्थान गरेको जाजरकोटका प्रदेश सांसद राजीवविक्रम शाहले बताएका छन् । प्रधानमन्त्रीको टोलीमा जाजरकोटका सांसद ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पश्चिम रुकुमका सांसद एव‌ पूर्वअर्थमन्त्री जनार्दन शर्मा र आफू रहेको शाहले बताए ।

हेलिकप्टरमै रहेका सांसद शाहले नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने, ‘प्रधानमन्त्री र सेनाको मेडिकल टिमसहित हामी हेलिकप्टरमा छौं । भूकम्प प्रभावित क्षेत्र धेरै दुर्गम छ । हामी त्यहाँ घाइतेलाई जम्मा गरेर हेलिकप्टरमार्फत उपचारमा लाग्छौं ।’

साथै उनले सेनाको एमआई सेभेन्टिन हेलिकप्टर र स्वास्थ्य मन्त्रालयको स्काई भ्यान पनि घाइतेको उपचारमा लाग्ने बताए । सम्भव भएसम्म घाइतको चौरजहारी ल्याएर उपचार गर्ने, नभए सुर्खेत, नेपालगन्ज र काठमाडौं ल्याइने सांसद शाहको भनाइ छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्