नागरिक एपमा ड्राइभिङ लाइसेन्स कसरी लिङ्क गर्ने ?

होस्ट खबर १५ कार्तिक २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौँ : सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपमार्फत दिने गरी ल्याइएको नागरिक एपमा सवारी चालक अनुमतिपत्र लिङ्क गर्ने सुविधा पनि छ । सेवाग्राहीले सवारी चालक अनुमतिपत्रबाटै नागरिक एप भेरिफाई समेत गर्न सक्छन् ।

तर नागरिक एपमा लिङ्क गर्न मिले पनि यसमा रहेको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीले मान्यता दिएको थिएन । अब भने सवारी जाँचमा नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई ट्राफिक प्रहरीले मान्यता दिएको छ ।

सोमवार एक विज्ञप्ति राख्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो । ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा मात्रै नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्र मान्य हुने बताइएको छ ।

लिङ्क गर्ने तरिका
तपाईंले पक्कै पनि नागरिक एपमा आफ्नो सम्पूर्ण विवरण राखेर अकाउन्ट बनाइसक्नु भएको हुनसक्छ । यदि छैन भनेर नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक  गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुहोस् ।

त्यसपछि त्यहाँ मागिए अनुसारको विवरण दिएर अकाउन्ट भेरिफाइ गर्नुहोस् । त्यसपछि तलका प्रक्रिया अपनाएर ड्राइभिङ लाइसेन्स लिङ्क गर्न सकिन्छ ।

  • सबैभन्दा पहिले नागरिक एपको होमपेजमा जानुहोस् ।
  • अनि, पपुलर सर्भिसेस (Popular Service) वा नेपालीमा ‘लोकप्रिय सेवाहरू’ लेखिएको अप्सनमा रहेको ‘सवारी चालक अनुमति पत्र’
  • को अप्सनमा ट्याप गर्नुहोस् ।
  • यति आफ्नो सवारी चालक अनुमति पत्र नम्बर राखेर ‘पेस गर्नुहोस्’ लेखिएको बटनमा ट्याप गर्नुहोस् ।
  • र, तपाईंले दिएको नम्बर म्याच भएको खण्डमा लाइसेन्स लिङ्क हुन्छ ।
होस्ट खबर

प्रतिक्रिया दिनुहोस्