नेपालले सिंगापुरविरुद्ध टस हारेर फिल्डिङ गर्दै

होस्ट खबर १३ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ : नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हारेको छ। टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले फिल्डिङको निम्तो पाएको छ ।

उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गरेको छ ।

स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बसेका छन् । टोलीमा अन्य परिवर्तन गरेको छैन । उता सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन प्रमुख हतियार हुन् । उनको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । उनी टिकेको खण्डमा टोलीको जित सहज बन्नसक्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्