सुर्खेत विमानस्थलमा रात्रि उडान भर्न बत्ती जडान

होस्ट खबर १३ कार्तिक २०८०, सोमबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत विमानस्थलमा रातिको समयमा समेत उडान भर्न सक्ने गरी बत्ती जडान गरिने भएको छ । आठ करोड रुपियाँको लगानीमा बत्ती जडान गर्न लागिएको हो । सो कार्य करिब तीन महिनामा सम्पन्न गरिने जनाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको रनवेमा खाल्डो खन्ने कार्य गरिरहेको छ । सुर्खेत विमानस्थल प्रमुख राजन ढुङ्गेलका अनुसार आइक्याओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान गरिने छ । यसका लागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरेको छ ।

प्राधिकरणले बत्ती जडानका लागि आर्थिक वर्ष २०८०/८१ मा सुर्खेत विमानस्थललाई बजेटको व्यवस्था गरेको छ । प्रमुख ढुङ्गेलका अनुसार ठेक्का प्रक्रिया अघि नै सुरु भएको हो । चालु आवमा बजेट विनियोजन हुने समयमा नै बजेट आएको हो । उनले भने, “यो बजेट अहिले तत्काल आएको होइन ।”

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array