सन्दीपले लिए राष्ट्रिय टिमबाट नाम फिर्ता, त्रिकोणात्मक टी–२० श्रृङ्खला नखेल्ने

होस्ट खबर २६ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृङ्खला नखेल्ने भएका छन् ।

बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन्। उनले यो समयमा आफूले आफैँलाई नयाँ जीवन दिन र परिवारसँग समय बिताउन चाहेको बताएका छन् ।

उनले भनेका छन्, ‘भारी हृदयका साथ, मैले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको छु। म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्को भेट नभए सम्म।’

https://www.facebook.com/photo.php?fbid=880002030162401&set=a.238533530975924&type=3&ref=embed_post

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array