विश्वकप छनोट फूटबल: लाओसविरुद्ध नेपालको बराबरी गोल

होस्ट खबर
होस्ट खबर २६ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : विश्वकप छनोट फुटबलमा नेपाल र लाओसको खेल जारी छ । अहिले दुवै देश एक एक गोलको बराबरी छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा जारी खेलको पहिलो हाफमा लाओसले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको थियो ।

खेलको ३३औं मिनेटमा लाओसका कप्तान बोयनकोङले गोल गरेका थिए । दोस्रो हाफमा भने नेपालको तर्फबाट अञ्जन विष्टले गोल गर्दै नेपाललाई बराबरीमा पुर्याएका हुन् । दशरथ रंगशालमा नेपाली समर्थकहरुको ठूलो सहभागिता रहेको छ । नेपाली खेलाडीहरुको हौसला बढाउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली पनि रंगशालामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्