आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

होस्ट खबर २३ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ : सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो ।

सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा झन्डा झुकाउनेछ । ‘असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,’ उनले भनेकी छन् ।

देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् । सरकारले इजरायल सरकारसँग समन्वय गरी आक्रमणमा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array